१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

आज पशुपतिमा साधुको शोभायात्रा !


६ फागुन,  काठमाडौं  महाशिवरात्रि पर्व त्रिदिवसीय रूपमा मनाउने गरी पशुपति क्षेत्र विकास कोषले मङ्गलबार पर्व मनाउन आएका सबै साधुको उपस्थितिमा शोभायात्राको तयारी गरेको छ । कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाका अनुसार शोभायात्रामा सहभागी साधुको उपस्थितिअनुसार साधुलाई पर्व समापनपछि दक्षिणासहित बिदाइको समेत व्यवस्था छ ।

कालमोचनघाटका साधु अखाडा, बूढानीलकण्ठ साधु आश्रम, अन्नपूर्ण आश्रम, वेदविद्याश्रम, सोमसरला वेदविद्याश्रमलगायत सात्विक जीवन व्यतित गरेकालाई पनि शोभायात्रामा आमन्त्रण गरिएको छ । महाशिवरात्रि मनाउन कालमोचन घाटमा साधु आउने क्रम बढेको छ ।

साधुहरूको आगमन छिट्टै भएकाले कसरी भोजनको व्यवस्था गर्ने भन्नेमा चिन्ता पनि बढेको छ । महाशिवरात्रि यही फागुन ९ गते परेको छ ।

फाइल तस्बिर ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलवार ०६:५९