११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

डिजेल र पेट्रोलको मूल्य फेरि घट्यो


५ फागुन, काठमाडौँ । डिजेल र पेट्रोलको मूल्य फेरि घटेको छ । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य सोमबार रातिदेखि लागू हुने गरी मूल्य समायोजन गरेको हो । सोमबार राती १२ बजेबाट लागू हुने गरी निगमले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको निर्देशक सुरेन्द्र पाण्डेले जानकारी दिए ।

नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य १०८ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ । नियमित मूल्य समायोजन प्रक्रिया अन्तर्गत नै इन्धनको मूल्य घटाइएको निगमले जनाएको छ । निगमले माघ २० गते मूल्य समायोजन गरेर पेट्रोल र डिजेलमा एक रुपैयाँ प्रतिलिटर मूल्य घटाएको थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार १८:१५