१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नेप्लिज युथ फोरम अष्ट्रेलियाः दामोदर रावलको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्य समिति गठन


५ फागुन, अष्ट्रेलिया । अष्ट्रेलियामा रहेका नेपाली युवाहरुकाे संस्था नेप्लिज युथ फोरम अस्ट्रेलिया (NYFA) को दोस्रो अधिवेशन सिड्नीमा सम्पन्न भएको छ । अधिवेशनले सर्वसम्मत रुपमा दामोदर रावलको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ ।

सन् २०१४ मा स्थापित फोरमले सिड्नीमा विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ । अागामी दिनमा रक्तदान कार्यक्रमका साथै नेपाली समुदायलाई हित हुने विभिन्न कार्यक्रम संचालन गर्ने नव निर्वाचन अध्यक्ष रावलले बताउनु भयो । उहाँले आगामी शनिबार संस्थाकाे नवनिर्वाचित समितिकाे पहिलाे बैठक बसेर थप कार्यक्रमहरु तय गर्ने बताउनु भयाे ।

नयाँ निर्वाचन कार्यसमितिमा अध्यक्ष रावल सहित उपाध्यक्ष: झलक गुरुङ ,महासचिव: मुगेन्द्र गौतम, सचिव: राम रेग्मी, कोषाध्यक्ष: नम्रता शर्मा
प्रवक्ता : शिव पौडेल, पब्लिक रिलेशन अफिसर : अजय गिरी तथा सदस्यहरुमा: समिर आचार्य ,पदम अधिकारी, दिपक न्यौपाने ,भुपेन शर्मा,बिकल्प घिमिरे, कलम खड्का,शशांक बस्याल,किशोर बिस्ट,प्रवेश अधिकारी ,रमेश सोडारी, सुमन बुढाथोकी, सुवास लामिछाने ,सुर्य न्यौपाने ,नव किरण गौतम ,भरतराज ढुँगाना , रन्जित घिमिरे ,रोशनी श्रेष्ठ ,चन्द्र खत्री रहनुभएको छ । त्यसैगरि संस्थाकाे

संरक्षकमा भरत देवकोटा, सागर अधिकारी ,मुक्तिराम पोखरेल तथा सल्लाहकारमा दीपक जोशी ,मन ऋषि धिताल ,स्वतन्त्र प्रताप शाह ,युवराज भट्टराई ,हेमराज भट्ट रहनुभएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार १७:४६