७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

सरकारी सञ्चारमाध्यम समेत सस्तो लोकप्रियताका पछि लागेः अर्थमन्त्री खतिवडा


५ फागुन, काठमाडाैँ । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारी सञ्चारमाध्यम समेत सस्तो लोकप्रियताका पछि लागेको गुनासो गरेका छन । सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र भवनको उद्घाटनमा बोल्दै सोमबार अर्थमन्त्री खतिवडाले सरकारी सञ्चारमाध्मयहरू पनि सस्तो लोकप्रियताको पछि दाैडिको बताए ।

उनले भने ‘सरकारले आफ्ना धारणा सार्वजनिक गर्ने माध्यम ‘सरकारी सञ्चारमाध्यम’समेत अब सस्तो लोकप्रियताको पछि लाग्न थाले । सस्तो लोकप्रियताका लागि अब सरकारी सञ्चारमाध्मयले समेत प्रतिपक्षी कै स्वर बोक्न थाले ।’ उनले सरकारको फोरम निकै कम हुने भन्दै सरकारी सञ्चारमाध्यमले नै प्रतिपक्षीकै स्वर बोक्न थालेपछि खतरा उत्पन्न हुन्छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार १५:१४