८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

अन्ततः बलात्कार मुद्दामा महराले पाए सफाइ, महराको अबको राजनीतिक कसरी अघि बढ्ला ?


५ फागुन, काठमाडाैँ । नेकपाका नेता एवं पूर्व सभामुख कृष्णबहादुर महराले अन्ततः सफाइ पाएका छन । काठमाडौं जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कारको मुद्दामा सफाइ दिएको हो।

जिल्ला अदालत काठमाडाैँका न्यायाधीश अमरराज पौडेलले महराविरूद्धको बलात्कार मुद्दाको फैसला गर्दै सफाइ दिएको हो । सं‌सद सचिवालयकी कर्मचारी रोशनी साहीलाई बलात्‍कार प्रयास गरेको आरोपमा महरामाथि मुद्दा लागेको थियो । यसअघि काठमाडौं जिल्‍ला अदालतले नै महरालाई कसूरदार होइन भन्न नसकिने भन्दै पुर्पक्षका लागि जेल पठाएको थियो ।

महरा निर्दोष सावित भएसँगै कागजी प्रक्रिया पूरा गर्न डिल्लीबजार कारागार तर्फ लगिएका छन । उनको अबको राजनीतिक यात्रा कसरी अघि बढ्छन भन्ने धेरैको चासो रहेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार १४:५४