७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

क्रिस्चियन धर्मको प्रचार गर्दै हिँडेका २ भारतीयसहित ६ जना तेह्रथुमबाट पक्राउ


२८ वैशाख, काठमाडौँ । तेह्रथुमको आठराई संक्रान्तिबजारबाट क्रिस्चियन धर्मको प्रचार गर्दै हिँडेका दुईजना भारतीयसहित ६ जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा झापाको दमक १ का दिनेश सुब्बा र आशिष सुब्बा, दमक २ का दिपक सुब्बा, र मनतुला धिमाल तथा भारतको सिकिम, गान्तोकका भूपाल राई र पश्चिम बंगालका पवन राई रहेको ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक डम्बर पुरीले बताए ।

संक्रान्तिबजारमा बुधवार दिउँसो क्रिस्चियन धर्मको प्रचार गर्दै हिँडेका उनीहरुलाई भारतीय नम्बरप्लेटको गाडी सहित पक्राउ गरिएको हो । उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यलय तेह्रथुम पठाइएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७५, शुक्रबार ०९:०३