४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

शारीरिक सम्बन्धमा कुन उमेर बढी सक्रिय ?


५ फागुन, काठमाडौं यौन जीवनसँग मानसिक स्वास्थ्यको प्रत्यक्ष सम्बन्ध हुन्छ । यो कुरा त विभिन्न अध्ययनबाट पनि पुष्टि भएकै छ ।

सांकेतिक तस्बिर ।

यौन जीवनमा आउने गडबडीको प्रभाव मानसिक स्वास्थ्यमा पर्छ भने मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्याको प्रभाव यौन जीवनमा पर्ने गरेको छ । अमेरिकी अनुसन्धानकर्ताहरुका अनुरा कलेज जीवनमा रहेका युवा-युवती एन्जाइटी डिसअडरको जोखिममा बढी हुने गर्छन् ।

द टेलिग्राफकाअनुसार १८ देखि ३० वर्ष उमेर समूहका ८५ प्रतिशत मानिस यौनमा सक्रिय हुन्छन् । तर ३१ देखि ४५ वर्ष उमेर समूहका व्यक्तिमध्ये ८७ प्रतिशत यौन जीवनमा सक्रिय हुन्छन् । यो उमेर समूह नै सर्वाधिक यौनमा सक्रिय समूह हो ।

अध्ययनको निष्कर्षमा यी उमेर समूहका व्यक्तिले यौन शिक्षालाई ध्यान दिन आवश्यक रहने बताइएको छ । आफ्नो यौन स्वास्थ्यलाई ध्यान दिएर सतर्कतापूर्वक यौन चाहना र आवश्यकतालाई पूर्ति गर्न आवश्यक हुन्छ । –एजेन्सी

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार ०७:५१