७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

पूर्वसभामुख महराको फैसला आज


५ फागुन, काठमाडौं बलात्कारको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाको फैसला आज (सोमबार) सुनाइने भएको छ ।

हिजै (आइतबार) फैसला सुनाउने तयारी भए पनि समय अबेर भइसकेकाले आज फैसला सुनाउन लागिएको हो । हिजो दिनभर बहस भएको थियो । काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार आनन्द श्रेष्ठले साँझ अबेर मात्र बहस सकिएकाले मुद्दाको फैसला सोमबार सुनाउन लागिएको बताए ।

महराको पक्षबाट आइतबार वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ, लव मैनाली, शेरबहादुर केसी, भीमार्जुन आचार्य, सविता भण्डारी बराल तथा अधिवक्ताहरु दिनमणि पोखरेल, सुशील सापकोटा र मुरारी सापकोटाले बहस गरेका थिए ।

यो मुद्दा जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजालसमा छ । यसअघि गत आइतबार पेसीमा चढेको मुद्दा ५ सरकारी वकिलले बहस गरेपछि हेर्दाहेर्दैमा राखिएको थियो ।

गत असोज पहिलो साता आफ्नै (संसद) सचिवालयमै कार्यरत एक महिला कर्मचारीले जबर्जस्ती करणीको आरोप लगाएपछि उनले असोज १४ गते राजीनामा दिएका थिए । अहिले महरा पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार ०७:३५