६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

इटालियन सिरीएको शीर्ष स्थानमा युभेन्ट्स


५ फागुन, काठमाडौं इटालियन सिरीए फुटबलको शीर्ष स्थानमा यसपटक पनि साबिक विजेता युभेन्ट्स उक्लिएको छ । युभेन्ट्स क्रिस्टियानो रोनाल्डोको टिम हो ।

गएराति भएको खेलमा ब्रेसियालाई २-० गोल अन्तरले पराजित गर्दै युभेन्ट्स शीर्ष स्थानमा उक्लिएको हो । पहिलो हाफको ३७औं मिनेटमा फ्लोरिन आएले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएकँ ब्रेसिया युभेन्ट्ससँग २- ० ले पराजित भएको हो ।

युभेन्टसका लागि खेलको ३९औं मिनेटमा पाउल डिबला र ७५औं मिनेटमा जुवान काउड्राडोले गोल गरेका थिए ।

यो जितसँगै युभेन्ट्स २४ खेलबाट ५७ अंक जोड्दै शीर्ष स्थानमा पुगेको हो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार ०७:२४