१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

पाँच पटक अर्थमन्त्री भएका डा महत गृह जिल्लामा तीन क्‍वायल पाइपमा फोटो खिचाउँदै


-प्रतिमा ढुंगाना 

५ फागुन, नुवाकोट । नुवाकोट अनेक काण्डले सधैँ चर्चामा रहन्छ । कहिले धेरै मन्त्री भएर, कहिले नेताहरूको गतिबिधिले त कहिले स्थानीयत तहका जनप्रतिनिधिको रमिताले नुवाकोट चर्चामा रहिरहन्छ । पछिल्लो एक सातादेखि स्थानीय तहका जनप्रतिनिधि पालिका प्रमुख र उपप्रमुख दुबैले भूकम्प पीडितको अनुदानको पैसाले भारतको हरिद्धार लगायतको ठाउँ घुमेर आए

बेलकोटगढी नगरपालिकाले त प्रमुख र उपप्रमुखको पहिलो संयुक विदेश भ्रमणमा स्थापना दिवसको नाममा विदा दियो । यी दुबै अहिले यो राष्ट्रिय चर्चाको विषय बनेको छ।

यही चर्चा सेलाउन नपाउँदै सबैभन्दा विद्धान भनिएका, प्रायोजित रूपमा विश्वकै सर्वोत्कृष्ट अर्थमन्त्रीमा घोषित डा रामशरण महत तीन क्‍वायल पाइमा तस्बीर खिचाउन नुवाकोटको तारकेश्वर गाउँपालिकामा पुगेको सन्दर्भ चर्चित बनेको छ । सामाजिक सञ्जालमा कतिपयले विवादित र अपारदर्शी लगानीको संस्थाको कार्यक्रममा गएको भनेर पनि ओलोचना गरिरहेका छन ।

तारकेश्वर गाउँपालिकाको वडा नम्बर ५ को गोर्स्याङ निग्लिनीमा तीन क्‍वायल पाइप हस्तान्तरणमा शनिबार ५ पटक अर्थमन्त्री बनेका डा महत, सार्वजनिक बनभित्र अबैध उत्खनन फरार सूचीमा रहेका ठेकेदार सांसद बहादुरसिंह लामा, पर्यटन व्यवसायी मोहन लम्साल कांग्रेस नेता राजु थपा, तारकेश्वर गाउँपालिकामा कांग्रेसबाट चुनाव लड्न खोजेका शिव अधिकारी लगायत कार्यक्रममा सहभागी भए ।

उनीहरूको तीन क्‍वायल पाइपमा उभिएर खिचाएको तस्बीर अहिले सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती बनेको छ । उक्त तस्बिर शिव अधिकारीले सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । त्यतिधेरै पटक अर्थमन्त्री भएका व्यक्ति आजका दिनमा पनि गृह जिल्लामै पाइपको क्‍वायलमा फोटो खिचाउन पर्ने अवस्थामा छन भने उनले जनताको जीवनस्तर उकास्ने गरी के काम गरे होला भन्ने प्रश्न उठ्नु स्वभाविकै हो ।

नुवाकोट भित्र पनि तत्कालीन अवस्थामा तीन निर्वाचन क्षेत्र रहेकोमा डा महतले आफ्नो क्षेत्र नम्बर २ मा मात्र बजेट खन्याएको आरोप लाग्ने गरेको थियो । अन्य निर्वाचन क्षेत्रका कार्यकर्ता उनीकहाँ सयहोग माग्न जाँदा समेत नचिनेको जस्तो व्यवहार गर्ने गरेको स्वंय कांग्रेस नेताहरूले नै बताउने गरेका थिए । अहिले तीनै नजिनेको जस्तो गर्ने जनताको बीचमा गएर तीन क्‍वायल पाइमा फोटो खिचाउनु पर्दा जनता समेत यतिधेरै लजित बनेका छन भने महतलाइ कति कठिन भएको होला ?

पर्यटन व्यवसायी नवराज घिमिरेले समाजिक सञ्जालमा व्यक्त गरेको प्रतिक्रिया ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार ०८:५०