१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

राष्ट्र बैंकले सोमबार २ अर्बको ट्रेजरी बिल बिक्री गर्दै


४ फागुन, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले सोमबार रु दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले सोमबार बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । बैंकले एक सूचनामार्फत ९१ दिने अवधिका लागि ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ ।


उक्त ट्रेजरी बिल आगामी जेठ ६ गते परिपक्व हुनेछ । बैंकले यसअघि माघ २७ गते रु १० करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आईतवार १४:२८