८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

सिन्धुपाल्चोकमा कांग्रेसका चारसय बढी नेता कार्यकर्ता नेकपामा प्रवेश


४ फागुन, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा नेपाली कांग्रेसका चारसय बढी नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले ती कांग्रेसका नेता र कार्यकर्तालाई टीका र खादा लगाएर नेकपामा स्वागत गरे ।

नेकपा सिन्धुपाल्चोकको क्षेत्रिय कमिटीले खाडीचाैरमा आयाेजना गरेकाे आमसभामा यति ठूलाे संख्यामा कांग्रेस कार्यकर्ताले पार्टी परित्याग गरेर नेकपा प्रवेश गरेका हुन । कार्यक्रममा ट्रेड युनियन कांग्रेसका अध्यक्ष राधाकृष्ण श्रेष्ठ, कांग्रेस जिल्ला समितिका सदस्य मोहन तामाङ, रमेश आचार्य लगायत नेविसंघ, तरूण दल, शिक्षक संघ लगायतका जिल्ला र क्षेत्र स्तरका नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका हुन ।

साेही  नेपाल कार्यक्रममा पूर्व प्रधानमन्त्री खनालले नेपाली युवाकाे भावना बुझ्ने एकमात्र पार्टी नेकपा भएकाे बताए । उनले नेकपा प्रवेश गरेका नेता कार्यकर्ताकाे व्यवस्थापनलाई ध्यानदिन पार्टीका स्थानीय नेतालाई निर्देशन दिए । उनले फरक प्रसंगमा  लिपुलेक सदियौँदेखि नेपाली भू–भाग भएकोकोले यसमा भारतले हस्तक्षेप गर्न नहुने बताए । खनालले सो क्षेत्र भारतले आफ्नो नक्शामा समावेश गरेकोप्रति आपत्ति जनाए ।

 

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आईतवार १५:३३