१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

अस्ट्रेलियाको एडिलेड नेपाली विद्यालयमा नयाँ नेतृत्व


-बालगोपाल उपाध्याय

४ फागुन, एडिलेड । नेपाली समुदायका बालबालिकाहरुलाई नेपाली भाषा तथा संस्कृति अध्यापन गराउने उद्देश्यले खाेलिएकाे एडिलेड नेपाली बिद्यालयमा अभिभावकहरु भेलाले नवीन कडेलकाे नेतृत्वमा व्यवस्थापन समिति पुनर्गठन गरिएको छ । त्यसै गरि विद्यालयको प्रधानाध्यापकमा लक्ष्मी आचार्य सापकोटा नियुक्त हुनुभएको छ ।

एडिलेड नेपाली विद्यालय २०१५ देखि नै Ethnic Schools Association of South Australia मा दर्ता भै निरन्तर रुपमा एडिलेडमा रहेका दोश्रो पुस्ता नेपालीलाइ नेपाली भाषा तथा संस्कृतिको पठन पाठन गराउदै आएको छ । एडिलेड नेपाली समाज अन्तर्गत संचालित बिद्यालयमा हाल ५० जना भन्दा बढि बिद्यार्थी अध्ययनरत रहेको जानकारी दिदै समाजका अध्यक्ष सुरेन्द्र रेग्मीले विद्यालयले विभिन्न अवसरहरुमा बहुसांस्कृतिक समुदाय माझ नेपाली संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनु हुन्छ ।

यसै गरि हालै बसेको एडिलेड नेपाली समाज अस्ट्रेलियाकाे कार्यसमिति बैठकले विद्यालयको नयाँ प्रधानाध्यापकको रुपमा लक्ष्मी आचार्य सापकोटालाइ नियुक्त गरेको हाे । आचार्य विगत केहि समय देखि विद्यालय व्यवस्थापन समितिको सदस्य एवं स्वयमसेवक शिक्षकको रुपमा सक्रिय रहदै आउनुभएको छ ।

यसरी बिद्यालयकाे पुनर्गठित व्यवस्थापन समितिमा अध्यक्ष नविन कंडेल, सदस्यसचिव तथा प्रधानाध्यापक लक्ष्मी सापकोटा आचार्य, सदस्यहरु:सुधा सापकोटा कंडेल, मुक्ता भुर्तेल, पुष्पा बन्जाडे, श्रीप्रसाद सापकोटा, अर्जुन लम्साल, हेम खनाल, बाल गोपाल उपाध्याय, पाल्देन लामा, बन्धुविक्रम कार्की, श्याम कृष्ण बोहोरा रहनु भएकाे छ ।

विद्यालयले बिद्यार्थीहरुलाइ प्रत्येक शनिबार दुई घण्टा नेपाली भाषाको अध्यापन गराउने तथा नेपाली गित संगितमा नृत्य कक्षा संचालन गर्दै अाएकाे छ। यसकाे अलावा समय समयमा बनभोज तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु समेत सञ्चालन गरिरहेकाे विद्यालयले यहि वर्षको मध्यबाट बालबालिकाको उमेर र अध्ययनको स्तर अनुसार दुई बटा कक्षा संचालन गर्ने याेजना रहेकाे अगिल्लाे कार्यकालमा पनि अध्यक्ष रहनु भएका अध्यक्ष कडेलले बताउनुभयाे ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आईतवार ०८:४६