११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

उर्लाबारीमा डम्बर र निशानको प्रस्तुति


४ फागुन, उर्लाबारी । मोरङको उर्लाबारीमा शिवरात्रिका अवसरमा (फागुन ९ गते) ‘बृहत् सांगीतिक साँझ’ हुने भएको छ । यु युथ्स अफ उर्लाबारीको आयोजनामा हुने कार्यक्रममा गायक डम्बर नेपाली र निशान भट्टराईको आकर्षक प्रस्तुति रहने कार्यक्रम संयोजक किशोर श्रेष्ठले बताएका छन् ।

‘उर्लाबारीलाई सांगीतिक उर्भरभूमिका रुपमा देश-विदेशमै चिनाउन सफल डम्बर र निशानलाई विशेष सम्मान गरिने भएको छ,’ उनले भने, ‘यो सम्मानले उहाँहरुको सांगीतिक उचाइमा थप टेवा पुग्ने हामीले विश्वास लिएका छौं ।’

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आईतवार ०८:१४