८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

चिनीमाया र सुस्मिता मिसेस एन्ड मिस गुरुङ २०२०


४ फागुन, काठमाडौं । चिनीमाया गुरुङ र सुस्मिता मिसेस एन्ड मिस गुरुङ -२०२० को ताज पहिरिएका छन् । जसमध्ये चिनीमाया मिसेस र सुस्मिता मिस गुरुङ भएका हुन् ।

त्यसैगरी मिसेस गुरुङतर्फ फर्स्ट रनरअप र मस्ट पपुलर पुजा गुरुङ, सेकेन्ड रनरअप लीलादेवी गुरुङ, थर्ड रनरअप प्रेमकुमारी गुरुङ, अर्गनाइजर च्वाइस बिमाया गुरुङ र होममाया गुरुङ, भ्युवर्स च्वाइस मनमाया गुरुङ र फेसबुक च्वाइसको उपाधि रोशनी गुरुङले जित्न सफल भए ।

मिस गुरुङतर्फ फर्स्ट रनरअप निशानी गुरुङ सेकेन्ड रनरअप र फेसबुक च्वाइस जोनिसा गुरुङ, मस्ट पपुलर धन माया गुरुङ, अर्गनाइजर च्वाइस सरिता गुरुङ र चाहना गुरुङ, भ्युवर्स च्वाइस सुस्मिता गुरुङ भए । विजेताहरुले नगद पुरस्कारसहित ट्रफी, क्राउनलगायत अन्य उपहारहरु पाए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आईतवार ०७:२९