७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

वुहानबाट यसरी आइपुगे नेपाली (फोटो फिचर)


४ फागुन, काठमाडौं । वुहानमा रहेका नेपाली लिएर नेपाल एयलाइन्सको विमान आइतबार बिहान ४ बजे काठमाडौं आइपुगेको छ । १७५ नेपालीलाई लिएर वुहान विमानस्थलबाट नेपाल एयरलाइन्सको विमान उडेको थियो ।

वुहानबाट सुरुमा १८५ नेपाली स्वदेश फर्कने भनिए पनि ६ जनाको शरीरको तापक्रम बढेका कारण वुहानमै रोकिएका छन् । अन्य चारजनाले वुहानमै रहने निर्णय गरेका थिए ।

वुहानमा रहेका नेपाली विद्यार्थीलाई राख्ने खरिपाटीको क्वारेन्टाइनमा यस्तो छ तयारी (फोटोफिचर)

वुहानबाट ल्याइएका नेपालीलाई १४ दिन खरिपाटीस्थित नेपाल विद्युत प्रधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइन केन्द्रमा राखिनेछ ।

हेरौं राससले खिचेका केही तस्बिर :

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आईतवार ०६:५१