७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

अष्ट्रेलियाको एडिलेडमा चेस तथा बाघ चाल प्रतियोगिता हुने


३ फागुन, एडिलेड । एडिलेडमा आगामी मार्च १४ मा नेपाली समुदायका बिचमा चेस तथा बाघ चाल प्रतियोगिता हुने भएको छ । चेस इन एडिलेडको आयोजनामा हुने यस प्रतियोगितामा ५० भन्दा बढि प्रतियोगी सहभागी हुने आपेक्षा गरिएको संयोजक सुपक अधिकारीले बताउनु भयो ।

चेस तथा बाघ चाल बौद्दिक खेल भएकाले नेपाली समुदायको बौद्दिक बिकास तथा मनोरञ्जनका लागि प्रतियोगिताको आयोजना गरिएको संयोजक अधिकारीले बताउनु भयो । उहाँका अनुसार बाघ चाल संभवत नेपाली समुदायको बिचमा अष्ट्रेलियामा नै पहिलो प्रतियोगिता हो ।

भने प्रतियोगिता नेपाली परम्परागत मौलिक तरिकामा खेलाइने भएको छ । बिजयी प्रतियोगीलाई कप मेडल सहित प्रमाण पत्रको व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार ०९:२१