४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

ए डिभिजन लिग : उपाधिका लागि मच्छिन्द्र-आर्मी भिड्दै


३ फागुन, काठमाडौं सहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधिका लागि आज त्रिभुवन आर्मी र मछिन्द्र क्लब भिड्दै छन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो साढे १ बजे सुरु हुनेछ ।

तस्बिर सौजन्य : एन्फा

यो खेलबाट लिग विजेता टोलीको टुंगो लाग्नेछ । खेल जसले जीते पनि लिगमा नयाँ क्लब च्याम्पियन हुन लागेका हुन् । दुवै टिमले अहिलेसम्म घरेलु लिगको उपाधि जित्न सकेका छैनन् ।

दुवै टोलीका प्रशिक्षक र कप्तान आफ्नो टोलीले उपाधि जित्नेमा ढुक्क छन् । लिगमा आर्मी शीर्ष स्थानमा छ भने मच्छिन्द्र दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार ०८:२७