४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

नेकपा एमसीसी कार्यदलको चाैँथो बैठक सिंहदरबारमा


२ फागुन, काठमाडौँ । एमसीसीको बारेमा अध्ययन गरेर सुझाव दिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीले गठन गरेको कार्यदलको चाैँथो बैठक नेकपाको संसदीय दलको कार्यालय सिंहदरबारमा सुरू भएको छ । केन्द्रीय कमिटीले दिएको १० दिनको म्याद सकिए पनि काम काम नसकिएपछि कार्यदलको बैठक सिंदरबारमा सुरू भएको हो ।

कार्यदलका संयोजक र सदस्यहरू अध्ययनको निष्कर्ष निकाल्ने गरी बैठकमा जुटेका छन । जारी बैठकमा कार्यदलका संयोजक पार्टीका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पार्टी स्थायी कमिटीका सदस्य एवं पूर्व उपप्रधानमन्त्री भिमबहादुर रावल र पार्टी स्थायी कमिटीका सदस्य एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहभागी रहेका छन । यसअघि माघ २०, २४ र २८ गते बसेको बैठकमा एमसीसीको बारेमा गम्भीर छलफल भएको थियो ।

केन्द्रीय कमिटी बैठकले दिएको कार्यादेशका आधारमा अध्ययन गर्ने, सामग्री जुटाउने र विश्लेषणको प्रक्रिया थालनी गरेको छ ।  यसअघि  कार्यदलका संयोजक खनालले कुनै आवेग वा आक्रोश, सेन्टिमेन्ट आदिका आधारमा अघि नबढी तथ्यका आधारमा सत्य पत्ता लगाउने प्रक्रियामार्फत अघि बढेको बताएका थिए ।

एमसीसीको बारेमा सुझाव दिने कार्यदलको सदस्यमा रहेका रावल र ज्ञवालीले परस्पर बिरोधी धारणा दिँदै अाएका छन । ज्ञवाली कुनै पनि हालतमा एमसीसी पास गर्न्रपर्ने र रावल संशोधनविना एमसीसी अनुमोदन गर्दा राष्ट्रघात हुने तर्कमा अडिग रहेका छन । यद्यपी कार्यदलका संयोजक खनालले भने विगतमा जसले जे भनेको भए पनि त्यो निजी धारणा रहेको र कार्यदलले बिना आग्रह पूर्वाग्रह दस्ताबेज अध्धयन गरेर पार्टीलाइ सुझाव दिने बताउँदै आएका छन ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार १६:३३