१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

अख्तियारलाई सर्वोच्चको प्रश्नः माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई किन मुद्दा नचलाएको ?


२ फागुन, काठमाडौँ । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग लिखित जवाफ मागेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले १५ दिनभित्र कारणसहित लिखित जवाफ पेश गर्न अख्तियारलाई आदेश दिएको हो ।

आदेशमा ललिता निवास र यसले चर्चेको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने निर्णय मन्त्रिपरिषद् बैठकबाट गर्ने तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा। बाबुराम भट्टराईलाई मुद्दा नचलाउनुको कारण पेश गर्न भनिएको छ । अख्तियारले जग्गा प्रकरणमा तत्कालिन मन्त्री विजयकुमार गच्छदारसहित १ सय ७५जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । तर माधव नेपाल, बाबुराम भट्टराइ, नविन पौडेल र कुमार रेग्मीलाइ मुद्दा नचलाइएको विषयमा धेरैले चासो राखेका छन ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार १६:१९