७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा गर्ने भनिएको सम्बाेधन स्थगित


२ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद बैठकमा गर्ने भनिएको सम्बाेधन स्थगित भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आज स्थगित भएको सम्बाेधन भोलि बिहान ११ बजे हुनेछ । कांग्रेस सांसदको निधनका कारण सम्बाेधन स्थगित भएको थापाले बताए ।

यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शोक मनाउन भन्दै प्रधानमन्त्री ओलीको सम्बोधन स्थगित गर्न माग गरेको थियो । आजै बिहानमात्र कांग्रेस पार्टीलाइ प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएको भन्दै कांग्रेसले प्रधानमन्त्रीको सम्बोधन स्थगित गर्न माग गरेको हो ।

आज प्रधानमन्त्रीले सरकारको दुइ वर्ष पूरा भएको उपलक्ष्यमा संसदमा सम्बोधन गर्ने कार्यसूची तय भएको थियो । कांग्रेस सचेतक पुष्पा भुषालले संसद सचिवालयमा शोकका कारण सम्बोधन स्थगित गर्न माग गरेकी थिइन ।  क्यान्सरबाट पीडित उपाध्यायको रुपन्देहीमा रहेको आफ्नै निवासमा शुक्रबार बिहान निधन भएको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार १३:२३