१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

प्रचण्डद्वारा भरतपुर पटिहानीमा नवनिर्मित अम्ब्रेला स्ट्रिटकाे शुभारम्भ


२ फागुन, भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका–२२ ले पटिहानीमा नवनिर्मित ‘अम्ब्रेला स्ट्रिट’ को शुभारम्भ गर्नुभयो । बिहीबार शुभारम्भ गर्दै उहाँले पटिहानीको पर्यटन विकास र विस्तार गर्न अम्ब्रेला स्ट्रिटले थप सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

करिब १० कट्ठा क्षेत्रफलमा फैलिएको सो स्ट्रिट करिब रु तीन करोडको लागतमा निर्माण सम्पन्न गरिएको वडाध्यक्ष विष्णुराज महतोले जानकारी दिनुभयो । अम्ब्रेला स्ट्रिटमा लहरै ४८० वटा रङ्गीन छाता राखिएको छ । रङ्गीन छाताले सो क्षेत्रको नयाँ सौन्दर्यता प्रदान गरेको छ । यसको प्रचारप्रसार तथा स्थानीय खानाका परिकारलाई प्रवद्र्धन गर्र्न यहाँ पटिहानी खाना महोत्सव आयोजना गरिएको छ । महोत्सवमा २० वटा प्रदर्शनीकक्ष रहेका छन् । कक्षमा स्थानीय खानाका परिकारलाई जोड दिइएको खाना महोत्सव प्रचारप्रसार समितिका संयोजक रामहरि सेढाईले जानकारी दिनुभयो ।

साङ्गीतक कार्यक्रमसमेत आयोजना गरिएको छ । यहाँ आउने पर्यटकका लागि महोत्सव अवधिमा विशेष छुटको समेत घोषणा गरिएको छ । पाँच हजार मिटर दौड प्रतियोगिता, उद्योग वाणिज्य सङ्घ चितवनको परिसरदेखि अम्ब्रेला स्ट्रिटसम्म साइकल रेस, महोत्सव अवधिभर डुङ्गा, गाडा सयर, हात्ती र जीप सफारीको व्यवस्था गरिएको आयोजकले जनाएका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार ११:०८