७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नुवाकोट क्याम्पसमा सूचना माग्न गएका सञ्चालक सदस्यलाई अध्यक्ष श्रेष्ठले यसरी हकारे (भिडियो)


१ फागुन, नुवाकोट । नुवाकोटको पहिलो क्याम्पस नुवाकोट आदर्श बहुमुखी क्याम्सको वेथितिको बारेमा दैनिकीमा शिलशिलेबार समाचारहरू प्रकाशित भएका छन । शिक्षाका लागि भन्दा पनि आर्थिक चलखेलका लागि हुने राजनीतिले क्याम्पस जर्जर बनेको छ । हाल क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम श्रेष्ठले कसैले पेवा दिएको जस्तो व्यवहार देखाउन थालेका छन ।

बिहीबार पनि त्यस्तै भयो क्याम्पसमा । विभिन्न विवाद र काण्डमा मुछिएका सञ्चालक समितका अध्यक्ष र सदस्यको बीचमा झण्डै हातहालाहालको अवस्था सिर्जना भयो । क्याम्सका सञ्चालक समितिका ६ जना सदस्यलाई सूचना समेत नदिइ गरेको बैठकको निर्णयको सूचना माग्न लिखित रूपमा पुगेका सदस्य गोपालमान श्रेष्ठलाई अध्यक्ष श्रेष्ठले यस्तो व्यहार गरेका हुन । उनले पटक पटक गोपालमानलाई कम्यापसबाट निकाल्ने धम्की दिए । जुन कुरा भिडियोमा प्रष्ट देखिन्छ । अझ अपशब्दको भारी वर्षा नै गरेका छन ।

असारदेखि बैठक बोलाउन माग गर्दाखेरी बैठक नबोलाइएको बताउँदै क्याम्पसका सञ्चालक समितिका सदस्य गोपालमानले भने ‘हामीले लिखित रूपमा पनि बैठक बोलाउन माग गर्यौ । मौखिक रूपमा त दर्जन पटक अनुरोध गर्यौँ । तर माघ १९ गते बैठक बासालिएछ ६ जना सञ्चालकलाई कुनै सूचना नै दिइएन ।’

भिडियो तल हेर्न सक्नुहुन्छ

क्याम्पस सञ्चालक समितिको बैठक कम्तिमा तीन महिनामा एक पटक बोलाउनुपर्छ । तर ६ महिनासम्म पनि अध्यक्ष श्रेष्ठले बैठक बोलाउन मानेनन् । प्रथम क्यम्पससभाबाट निर्वाचित भएका सञ्चालकहरू अर्को अर्थात दोस्रो क्याम्पसभाबाट नयाँ सञ्चालक आएपछि पदमुक्त हुन्छन तर अध्यक्ष श्रेष्ठले सञ्चालकमा नियुक्ति भएको तीन वर्ष पुगेको भन्दै स्वत पदमुक्त भएको तर्क गरेर बैठकमै नबोलाएको सदस्य श्रेष्ठले बताए ।

माघ १९ को बैठकमा पनि १२ मध्येका ६ जना सदस्यमात्र उपस्थित रहेको स्रोतले जनाएको छ । १८ सदस्यीय सञ्चालक समितिमा ६ जनाले गरेको निर्णयको बैधानिकता कति रु अनि के सञ्चालक, अभिभावक र सरोकारवालाले क्यम्पसको बारेमा सूच्नना नै नपाउने श्रेष्ठको प्रश्न रहेको छ ।

यो पनि पढ्नुहोस्

-नुवाकोट क्याम्पसको भ्रष्टाचार राेक्न मागगर्दै संस्थापक अध्यक्ष श्रेष्ठ अनशनमा (भिडियोसहित)

-नुवाकोट क्याम्पसमा भएकाे भ्रष्टाचार छानविन गर्न समिति गठन भएपछि श्रेष्ठले अनशन तोडे

-नुवाकोट क्याम्पसकाे भ्रष्टाचारः श्रेष्ठ र डांगोललाई कारबाहीको सिफारिस (प्रतिवेदनसहित)

-नुवाकोट क्याम्पसमा अभिभावकको कोटामा गैर अभिभावक सञ्चालक, किन हुँदैन कारबाही ?

-नुवाकोट क्याम्पसको भ्रष्टाचारः ६ सह प्राध्यापकको बढुवा बदर (निर्णयसहित)

-नुवाकोट क्याम्पसको भ्रष्टाचारः माइन्युट कब्जा गरी सहप्राध्यापकको बढुवा बदर !

-नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा भ्रष्टाचार नभएको अध्यक्ष श्रेष्ठको दाबी

-भ्रष्टाचारको आरोप लागेका नुवाकोट क्याम्पसका प्रमुख डंगोलले खुल्ला चौरमै विद्यार्थी कुटे

-नुवाकोट क्याम्पस अनियमितताः ६ सह प्राध्यापकको बढुवा खारेज (माइन्युटसहित)

-नुवाकोट क्याम्पस कालोमोसो प्रकरणः विद्यार्थीविरूद्ध जाहेरीदिन क्याम्पस प्रमुख प्रहरी कार्यालयमा

-भ्रष्टाचारको आरोपमा नुवाकोट क्याम्पसका प्रमुख डंगोलको अनुहारमा विद्यार्थीले पोते कालोमोसो

नुवाकोट क्याम्पस स्ववियु निर्वाचन प्रकरणः सुशील वाग्लेलाई जिल्ला प्रवेश गरे सिध्याइदिने धम्की

 

 

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार २१:०६