११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

कुवेतमा ४ जना नेपालीको मृत्यु


१ फागुन, काठमाडौँ । कुवेतकाे मुत्ला क्षेत्रको एक निर्माणस्थलमा कार्यरत ४ नेपालीको मृत्यु भएकाे छ । निर्माणस्थलमा कार्यरत उनीहरुमाथि बालुवा खस्दा पुरिएर उनिहरूकाे मृत्यु भएको अरब टाइम्सले जनाएकाे छ । दुर्घटनामा अन्य ३ जना कामदार हराइरहेका छन् ।

कार्यरत थिए । चिनियाँ कम्पनीकाे ब्लक १, एन फाइभमा काम गर्ने क्रममा उनीहरुमाथि बालुवा खसेकाे थियाे । घटनालगत्तै  रेस्क्यु सेन्टरका उद्धारकर्ता पुगेर तत्कालै उद्धारको काम सुरु गरेका थिए । हराइरहेका ३ जनाको खोजी कार्य जारी रहेको जनाइएकाे छ ।

स्टेट मिनिस्टिर फर हाउसिङ अफेयर्स डा. राना अल फारिसले घटनाबारे एक छानविन समिति गठन गरेर जाँच गर्न निर्देशन दिएकी छन् । उनले यसबारे सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कारवाही गरिने समेत बताएकी छिन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार ११:४५