७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

बसको ठक्करबाट स्कुटरमा सवार नायिका महिमा सिलवाल र उनकी बहिनीको मृत्यु


१ फागुन, काठमाडौँ । दुर्घटनामा नायिका महिमा सिलवाल र उनकी बहिनीकाे मृत्यु भएकाे छ । बुधबार साँझ धादिङको गजुरी गाउँपालिका-२, चाम्बासमा बसले ठक्कर दिँदा स्कुटरमा सवार सिलवाल दिदी–बहिनीको मृत्यु भएको हो । महिमाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरी र बहिनीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।


प्रहरीका अनुसार चितवनको भरतपुर महानगरपालिका-१३, गीतानगर स्थायी ठेगाना भएका उनीहरुकाे बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई भैरहवाबाट काठमाडौँ आउँदै गरेको लु २ ख १३५ नम्बरको बसले टक्करदिएकाे थियाे । चालकलाई बससहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार १०:३३