४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

कतार राष्ट्रिय खेलकुद दिवसमा फुटबल खेल, व्रिटिश राजदुतावासले उचाल्यो ट्रफी


२९ माघ, काठमाडाैँ । कतार राज्यको राष्ट्रिय खेलकुद दिवसको अवसरमा नेपालस्थित कतार राजदुताबारले फुटवल खेल प्रतियोगिताको आयोजना गरेको छ । मंगलबार ललितपुरको हात्तिवनस्थित हिमालयन स्पोर्टस् एरिनामा आयोजित फुटवल खेल प्रतियोगितामा कतार राजदुतावास नेपाल लगायत ८ वटा टिमको सहभागिता रहेको थियो ।

लिग चरणबाट खेल्न शुरू गरिएको खेलमा ८ वटै टिमले एक अर्कासंग प्रतिस्पर्धा गरेका थिए । कतार राजदुताबास, कतार च्यारिटि, रसियन राजदुतावास नेपाल, व्रिटिश राजदुतावास नेपाल लिग चरणबाट खेल जितेर सेमिफाइनल प्रवेश गरेका थिए । सेमिफाइनल राउण्डमा भने कतार राजदुताबास व्रिटिश राजदुतावाससंग पराजित भएको थियो भने कतार च्यारिटि रसियन राजदुवाससंग पराजित भएको थियो ।

हरेक खेललाई ३० मिनेटको अवधि तोकिएको भएपनि खेल अत्यन्त रोमाञ्चकारी भएको थियो । कतार च्यारिटि र रसियन राजदुतावास बीचको खेलमा दुवै टिमलाई खेल आफ्ने पक्षमा पार्न हम्मे हम्मे परेको थियो । धेरै समयको रस्साकस्सीपछि पेनाल्टि शुटआउटमा रसियाले एक गोलका विरूद्द २ गेल गरेर खेल आफ्ने पक्षमा पार्न सफल भएको थियो ।

फाइलनमा व्रिटिश राजदुताबास र रसियन राजदुतावास बीचको खेल पनि अत्यन्तै रोमाञ्चकारी थियो । ३० मिनेटको खेलमा व्रिटिश राजदुतावासले रसियन राजदुतावासलाई ३ गोलका विरूद्द ६ गोल गरी पराजित गरेको थियो । खेलमा विजयसंगै व्रिटिश टिमले मेडलसंगै ट्रफि प्राप्त गर्यो भने रसियन टिमका खेलाडीले मेडल प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार १६:१२