७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

सन्दीप र सुशन भारी चम्किएपछि अमेरिका ३५ रनमै अलआउट


२९ माघ, काठमाडौँ । नेपालका लागि लेग स्पीनर सन्दीप लामिछाने र सुशन भारी चम्किएपछि अमेरिका ३५ रनमै अलआउट भएको छ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा नेपाल अहिले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ । नेपालले जितका लागि ३६ रनको लक्ष्य पाएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ राजेपछि अमेरिका ब्याटिङ गरेको थियो । नेपालका लागि सन्दीपले ६ र भारीले ४ विकेट लिए । दोस्रो ओभरमा बलिङमा आएका सन्दीपले ओभरको अन्तिम बलमा अमेरिकाका इन हल्याण्डलाई आउट गराई पहिलो विकेट लिएका थिए ।

डिभिजन २ मा अमेरिका ओमानपछि दोस्रो स्थानमा छ । ११ खेल खेल्दा अमेरिकाले ६ जित निकाल्दै १२ अ‌ंक जोडेको छ । ३ खेल खेल्दा २ अंक जोडेको नेपाल ७ टोली रहेको डिभिजन २ मा छैटौं स्थानमा छ । पुच्छारमा रहेको पपुवा न्युगिनीले ८ खेलमा कुनै जित निकाल्न सकेको छैन ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार ११:०३