१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

युरोपमा बसेर पनि सुध्रिएनन् केही नेपाली, एनआरएनए वरिष्ठ उपाध्यक्ष थापाले कुटे पत्रकार


-डि गजुरेल

२८ माघ, स्पेन  । गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका वरिष्ठ उपाध्यक्ष भिमसेन थापाले पोर्चुगलस्थित सकृय पत्रकार सबिन धिताल ( प्रविन ) माथि हातपात गरेका छन् ।

राजधानी लिस्बोनमा आइतवार सम्पन्न एक कन्सर्टको रिपोटिगं गर्न पुगेका पत्रकार घिताललाई कार्यवाहक अध्यक्ष समेत रहेका थापाले कुटपिट गरेका हुन् । थापाको कुटाईबाट घाइते भएका घितालले स्थानिय अस्पतालमा उपचार पश्चात घर फर्किएका थिए ।

पोर्चुगलस्थित नेपाली मिडियाहरुले संघभित्रका गलत गतिबिधि र रबैयाहरुको बिरुद्धमा नियमित खबरदारी गर्दै कलम चलाउदै आएका छन्। पछिल्लो समयमा भोइस अफ नेपालले केहि महिनादेखि पोर्चुगलमा कृषि कामदारहरुको पिडा, ठगी र मानव तस्करीको बारेमा लगातार फलोअप समाचार प्रकाशिन गर्दै आईरहेको छ। धिताल भोइस अफ नेपाल टिभी र प्रोतुगलमा रहेका पत्रकारहरुको संस्था नेप्लिज जर्नालिष्ट क्लबमा आबद्ध छन् । पत्रकार धितालको मिडियासँग भएको संलग्नता र सुचना दिएको भन्दै संघका उपाध्यक्ष थापाले सांस्कृतिक कार्यक्रममा फिल्मि शैलीमा निर्घात कुटपिट गरेको प्रत्यक्षदर्शीहरू बताउँछन् ।

संघका उपाध्यक्ष थापाले नेपालीहरुलाई कुटपिट गरेको यो पहिलो घटना भने होइन उनले यसघि पनि कयौ नेपालीहरुलाई धाकधम्की दिने र कुटपिट गर्ने गरेको पोर्चुगलका नेपाली बताउँछन्। थापाले कुटपिट पश्चात पत्रकार धिताललाई कुटपिट र एनआरएनए भित्रको सुचना बाहिर आएको खण्डमा ज्यानमार्ने सम्मको धम्की दिएको पिडित पत्रकार लगायत अन्य पिडितहरु उपाध्यक्ष थापा विरुद्ध बोल्नै डराउछन्।

थापालाई पोर्चुगलको नेपाली समुदायका केही अग्रजहरुले निजि स्वार्थमा प्रयोग गर्ने र उनको बचाउ गर्नेगरेको नेपाली समुदायको गुनासो रहेको छ। निज थापाले यसघि पनि एक नेपालीको व्यवसायस्थलमै गएर कुटपिट गरेका थिए। यत्ति मात्रै होइन, उनले एक नेपाली महिलालाई सार्वजनिकस्थलमै कुटेका थिए। पछिल्लो समय एक अर्का नेपालीलाई टाउकोमा हिर्काएर रगताम्ये बनाएका थिए तर पनि पिडितहरु थापाको गुन्डागर्दी विरुद्ध बोल्नै डराउछन् , किन कि नेपाली समाजका केही अगुवाहरुले उनको बचाउमा खरो उभिएरै बहश गर्ने गरेको पत्रकारहरू बताउँछन् ।

सामाजिक अगुवाहरुसँग समेत सहयोग माग्दा कतैबाट सान्त्वना समेत नपाएपछि पत्रकार धितालले घटना भएको एक दिनपछि आफ्नो फेसबुक वालमा लामो स्त्याटस लेख्दै भनेका छन् , ” घटना घटेको २४ घण्टासम्म मैले कुरेर बसे, तर पनि सरोकारवाला निकायबाट खासै चासो भएन। स्वयं संघका साथीहरु मौन छन्। घटनाको बारेमा जानकारी भएर पनि अध्यक्ष मौन छन्। नेपालीहरुको सामुहिक संस्था भनिएको एनआरएनए का पदाधिकारीबाटै नेपाली कुटिन्छन र यहाँ संघसंस्थाहरु मौन भईदिन्छन्। ”

पत्रकार धितालले गुनासो गर्दै लेखेका छन् , ” कुनै दिन यस्तै घटनामा कसैको मृत्यु भयो भने यहाँका संघसंस्थाहरु र तिनका प्रतिनिधिहरुले श्रद्दान्जली दिन आउदा त्यसको औचित्य के होला ? अलिकति लज्जा बोध होला कि नहोला ? के एनआरएनए यस्तै गुण्डागर्दी गर्ने संस्था हो ? पोर्चुगलका नेपालीहरुले एनआरएनएबाट आशा गर्ने यस्तै कार्य हो ? हामी कस्तो संस्कारको बिकास गर्दैछौ पोर्चुगलमा ? हाम्रा भावी सन्ततिले सिक्ने यस्तै होला ? ”

पत्रकार धितालले अगाडी भनेका छन् , ” एनआरएन मा बसेर यस्तो किसिमको घृणित र उद्धण्ड कार्य गर्ने छुट कसैलाई पनि छैन र हुनुहुदैन। म एक पटक फेरी पोर्चुगलमा रहेका सम्पूर्ण संघसंस्थाहरु , सरोकारवाला निकायहरु र नेपाली कन्सुलेट यो घटना र बिषयमा गम्भीर भईदिन हुन अनुरोध गर्दछु।”

पिडित पत्रकार धितालले आफूमाथि भएको कुटपिटमा कतैबाट सुनुवाई नभएपछि थापा बिरुद्द प्रहरीमा उजुरी दिएका छन् । पिडितको उजूरिपछि स्थानिय प्रहरीले अनुसन्धान अगाडी बढाएको छ।

आक्रमणकारी थापाले पत्रकार धिताललाई समाचार लेखे दुवै हात काटिदिने र जिन्दगी बर्बाद गरिदिने धम्कि दिँदै उनले भनेका छन् ‘मैले कुटें भन्दै लेखिस भने मारेर फाल्दिन्छु र बरु गएर जेल बस्छु ।’ धिताललाई कुटेको समाचार अरु कसैले अन्यत्र कतै दिए तिनलाईसमेत नछोड्ने भन्दै उनले अन्यलाईसमेत धम्काएका छन् ।

सामाजिक संस्था एनआरएनएलाई जिम्मेवार बनाउन संस्था भित्रको विकृति विरुद्ध खबरदारी गरेकै कारण त्रसित हुनु दुखद रहेको पत्रकार सुरेश जोशी बताउँछन् ।

समाचार लेखेकै भरमा युरोपमा पत्रकारहरू आजभोलि असुरक्षित महसुस गर्दै आएका छन् । पत्रकार महासंघ युरोप शाखाको विज्ञप्तिमा भनिएको छ । अध्यक्ष केजिन राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘बेथिति र विसंगतिविरुद्ध कलम चलाउनु पत्रकारहरूको नैसर्गिक अधिकार हो । पोर्चुगलमा क्रियाशील पत्रकार सविन धिताल (प्रविन) माथि गैरआवासीय नेपाली संघ पोर्चुगलकै कार्यवाहक अध्यक्ष समेत रहेका वरिष्ठ उपाध्यक्ष भीमसेन थापाले गरेको सांघातिक हमलाप्रति खेद प्रकट गर्दै कडा शब्दमा भर्त्सना गर्दछ ।

गैरआवासीय नेपालीहरूको साझा सामाजिक संस्था हो भनेर दाबी गर्ने उक्त संस्थाको नेतृत्व तहबाट नै घृणित गतिविधि हुदै आएकोमा पत्रकारहरू असुरक्षित महसुस गर्दै आएका छन् । सामाजिक संस्थामा रहेको व्यक्तिबाट नै यो प्रकारका कायरतापूर्ण व्यवहार प्रकट हुनु वास्तावमै संस्थाको लागि शुभ संकेत होइन ।’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलवार २२:३८