७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

पाण्डेको अध्यक्षतामा रसुवाली समाज युएई गठन


युएई । रसुवाको काखमा जन्मिएर बैदेशिक रोजगारको शिलशिलामा युएइको विभिन्न क्षेत्रलाइ कर्मथलो बनाएर छरिएर रहेका युवाहरुको भेलाले रसुवाली समाज युएई गठन गरेको छ । जिल्लाका लागि केही गरौँ भन्ने हेतुले राजन प्रसाद अगस्तीको विशेष पहलमा समाज गठन गरिएको नवनिर्वाचित अध्यक्ष रामशरण पाण्डेले जानकारी दिए ।

युएईमै रहेका रसुवालीको बीचमा भाइचाराको वृद्धि गराउन अगस्तिले पहल गरेका थिए । विदेशी भूमिमा भएपनि सबै मिलेर चाडपर्व मनाउन र शुभकामना साटासाट गर्न समाजले सहयोग पुर्याउने सहभागीले बताएका छन ।

निर्वाचनले समाजको अध्यक्षमा रामशरण पाण्डे, उपाध्यक्षमा सन्तोष बराल, महासचिबमा बिरमान थिङ्ग, सचिबमा बिनोद पौडेल, सह–सचिबमा कृष्ण राना, कोषाध्यक्षमा सुभद्रा अधिकारी, सह–कोषाध्यक्षमा तुलसी अधिकारी र सदस्यहरुमा ध्रुवप्रसाद अगस्ती, भीम थिङ्ग, रामचन्द्र अधिकारी, भरत तामाङ्ग, सागर पौडेल र ठाकुर रैला निर्वाचित भएका छन ।

निर्वाचन लगत्तै बसेको समाजको पहिलो बैठकले संरक्षकमा राजनप्रसाद अगस्ती र गरगरिक प्रमुख सल्लाहकारमा बलराम न्यौपानेलाई चयन गरेको अध्यक्ष पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७४, बुधबार १०:०१