८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

गाउँघरको बस्ती अब शहरतिर लाग्यो (कविता)


– हरिकृष्ण सिलवाल

गाउँघरको बस्ती अब शहरतिर लाग्यो
जन्मिएको घरगाउँ आज नौलो लाग्यो ।

मकै, रोटी, ढिँडो, पुवा गाउँ छोडी भाग्यो
पत्रु खाना पकेटहरू आज अघि लाग्यो ।

आधुनिक भए सबै सम्पन्नता अयो
नेपालीले दासताको मनोवृत्ति पायो ।

कोल, घट्ट, छपनीको दर्शन पाइन छाड्यो
अँगेनीको तीनखुट्टे वदान कता भाग्यो ।

गाउँघरको सीप चलन कतातिर लागे
हाम्रोपन, हाम्रो संस्कार गाउँ छाडी भागे ।

विस्थापित भो अर्गानिक हाम्रो बाली नाली
आज हामी बन्न गयौँ आधुनिक खालि ।

– नमोबुद्ध नगरपालिका वडा नं. ४, काभ्रे

 

प्रकाशित मिति : २६ माघ २०७६, आईतवार १७:५१