१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

नुवाकोट गोल्डकप फुटबलका लागि मैदान तयार


२६ वैशाख, नुवाकोट । नुवाकोट जिल्लामा पहिलोपटक राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुने भएपछि जिल्लाको एकमात्र फुटबल मैदानलार्इ दुबो रोप्ने र तारबार गरेर तयार गरिएको छ ।

जिल्ला खेलकुद बिकास समिति नुवाकोट र नुवाकोट जिल्ला फुटबल संघको आयोजनामा संचालन हुने नुवाकोट गोल्डकप फुटबलको तयारी स्वरुप दुबो रोपेर मैदान सम्मयाउने काम अन्तिम चरणमा पुगेकाे एन्फा नुवाकोटका उपाध्यक्ष उद्धव पनेरुले दैनिकीलाई जानकारी दिए । उनका अनुसार मैदानमा दुबै रोप्ने कामसँगै तारजाली गर्ने काम पनि भएको छ । तीन हजार दर्शक क्षमताको अस्थायी प्याराफिट निर्माणको काम समेत भैरहेको छ ।

खेल मैदान सम्याउने र व्यवस्थित गर्ने काममा नेपाली सेनाका जवानहरु खटिएका छन् भने अखिल नेपाल फुटबल संघको टोलीले मैदानको प्राविधिक पक्षका वारेमा निरिक्षण र अनुगमन गरिरहेको उपाध्यक्ष पनेरूले बताए ।

आगामी जेठ १७ गतेदेखि २६ गतेसम्म संचालन हुने प्रतियोगिता अवलकोकन लागि दर्शकले साधारणतर्फ ५०/१०० सय रुपैयाँ तिर्नुपर्नेछ भने पुरै खेल हेर्न सहयोगसहित तीन हजार तिर्नुपर्ने पनेरुले जानकारी दिए ।

उपाध्यक्ष पनेरूका अनुसार प्रतियोगितामा मनाङ मस्र्याङ्दी, थ्रिस्टार, पोखरा–११ लगायतका ‘ए’ डिभिजन कल्वहरु, विभागीय टिमहरु र नुवाकोटको टिम सहित १० टिमको सहभागिता जनाउनेछन ।

प्रतियोगितामा पहिलो स्थान प्राप्त गर्नेले पाँचलाख र दोस्रो स्थान प्राप्त गर्नेले तीन लाख रुपैया पुरस्कार प्राप्त गर्ने छन ।अायोजकले प्रतियोगिताको पुरस्कारका लागि प्रायोजन सम्झाैता समेत धमाधम गरिरहेको पनेरूले जानकारी दिए ।

प्रकाशित मिति : २६ बैशाख २०७५, बुधबार १९:३४