७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

ख्याल गर्नुस्, नङ पालिसले ह्वात्तै बढाउला तौल !


२३ माघ, काठमाडौं महिलाहरुको सौन्दर्यको प्रसाधनमध्ये नङ पालिस (नेल पोलिस) पनि एक हो । सायद तपाईंहरुले पनि थरीथरीका नङ पालिस लगाउनु भएकै होला । त्यो पनि विभिन्न बुट्टेदार ।

नङ आकर्षक देखाउनकै लागि महिलाहरु ‘नेल पालिस’ प्रयोग गर्छन् । केमिकलयुक्त नङ पालिसले मानिसको स्वास्थ्यमा पनि उस्तै असर पुर्‍याउँछ । यसले नङलाई आकर्षक बनाए पनि स्वास्थ्यलाई भने कदापि फाइदा गर्दैन ।

एक अध्ययनका अनुसार नङ पालिसले मानिसको तौल ह्वात्तै बढाइदिन्छ ।

नङ पालिसमा प्रयोग हुने केमिकल ट्रिफेनाइल फोस्फेटले शरीरलाई निकै असर पुर्‍याउँछ । यसले हाम्रो हर्मोनहरुमा असर पुर्‍याउँछ र अन्तत: मानिसको तौल बढाउँछ । फेरि दुब्ला व्यक्तिहरुले मोटो हुने नाममा नङ पालिस लगाएर भने नबस्नुहोला । यसले कहीं कतै फाइदा गर्दैन । अध्ययनअनुसार पालिसले आकर्षक बनाएको नङभन्दा नेचुरल रुपमै रहेको नङले मानिसलाई आकर्षक बनाउनुका साथै स्वस्थ रहन मद्दत पुर्‍याउँछ ।-एजेन्सी

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार ०७:३४