४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

फर्जी मतले बाकस भरिएको पाइएपछि चिकित्सक संघको मतगणना सुरू नहुँदै स्थगित


२३ माघ, काठमाडाैँ । नेपाल चिकित्सक संघको निर्वाचनमा धेरैनै फर्जी मत खसेको पाइएपछि उम्मेदवारहरूको विवादले मतगणना अनिश्चितकालका लागि स्थगित भएको छ । निर्वाचन समितिले बुधबार राति एक विज्ञप्ति जारी गर्दै उम्मेदवारहरूको बीचमा सहमति गरेर नअाएसम्म मतगणना सुचारू नगर्ने जनाएको छ ।

चार स्थानको मतपेटिक खोलेर गणना गर्न लागेको समयमा विवाद उत्पन्न भएपछि मतगणना स्थगित भएको हो। काठमाडौं मतदाता रहेका चिकित्सकको नामावली र हस्ताक्षरका विषयमा बढी विवाद देखिएको छ । बुधबार बिहान ८ बजे सुरु गर्ने भनिए पनि विवाद भएपछि मतगणना सुरू हुन सकेको थिएन। १० घन्टापछि सहमति भएपनि मतपेटिका फर्जी मतले भरिएको पाइएपछि उम्मेदवारहरूले असहमति जनाएका छन ।

प्रमुख निर्वाचन अधिकृत डा बाबुराम मरासिनीले सुर्खेत, लुम्बिनी, दाङ र जुम्लाको मतपेटिका निकाले गणना गर्ने समयमा विवाद आएपछि मतगणना स्थगित गरेको र उम्मेदवारहरू सहमति गरेर नअाउँदासम्म मतगणना नहुने बताउँछन । निर्वाचनमा धेरै नै फर्जी मत खसेको अनुमान गरिएको छ ।

संघका वरिष्ठ उपाध्यक्षको उम्मेदवार रक्षा श्रेष्ठले निर्वाचनबारेको वास्तविकता भन्दै चिकित्सक अमृत भुसालको सामाग्री फेसबुकमा सेयर गरेकी छिन ।

निर्वाचन सप्पन्न गराउने मात्रै होईन मतगणना गर्ने र नतिजा दिने काम निर्वाचन समितिको हो ..
चिकित्सक सङ को निर्वाचन पश्चात् आज दिनभरि मतपरिणामको कौतुहुल्तापुर्वक आशा गरिबसेका धेरै निराश बन्नुपरेको छ .. मतगणना सुरु हुन सकेको छैन ..!

एसको जिम्मेवार निर्बाचन समिती नै हुनुपर्छ .. कुनै पनि निर्वाचनमा निर्वाचन प्रक्रिया मात्रै होइन निर्वाचन पश्चात् मतपेटिका को सुरक्षा , मतगणना पारदर्सी हुनुपर्दछ । जो कुनै उम्मेदवार ले आशन्का व्यक्त गर्नु जायज हो ।

तर आज के देखियो ? चिकित्सक को हकहित को लागी लड्ने सस्थाको निर्वाचन समितिको निरिहतालाइ कुनै अमुख उम्मेदवार को विभिन्न मिडिया मार्फत बदनाम गराइ दुध ले नुहाइदिने प्रपन्च रचियो। मेरो लागी ती उम्मेदवार को माग गलत त अवस्य होइनन् र देखिदैनन पनि ..मत गणना निस्पक्ष र धाधली रहित हुनुपर्छ भन्नू गलत हो र ?

अर्को प्रस्न ? मतपत्र च्यात्ने लाई के कस्तो कार्बाही गरिन्छ भन्ने कुरा निर्वाचन समितिलाई पुर्व निधारण गरिएको हुनुपर्ने होईन र ? अहिले उम्मेदवारी खारेज र सदस्यता खारेज भनेर समाचार मार्फत सुन्न पाउँदा झनै लज्जित महसुस गरेको छु । चुनाव हार्ने अवस्था भए मत पत्र च्यात्न उक्साइएको त होइन कतै ? होईन भने एति सामान्य पनि कार्बाही हुन्छ र जघन्य अपराध को लागि ??

२६००० बढी चिकित्सक भएको देशमा १६००० बढी सदस्य बिहिन हुँदा फरक नपर्ने तर १ को सदस्यता खारेज हुँदा के नै फरक पर्छ र ? सदस्य नै नभएको भन्दा बरु कुनै बेला सदस्य भएकोलाई नै माया बेशी होला ।

अन्त्यमा…
मतगणना गरिनुपर्छ – सबैकुरा छर्लङ्ग हुनुपर्छ – खसेका भनिएका मत संख्या र बाकसमा भएका मतपत्र को संख्या बराबरी हुनुपर्छ , ढिला होस् तर पार्दर्शी हुनुपर्छ । साथै कुनै एक उम्मेदवारको प्रायोजित तवरमा मिडिया मार्फत चरीत्र हत्या गर्न खोजिनु खेद जनक छ ।
निर्वाचन समितीले मत गणना नभएको सूचना प्रकाशित गर्छ भने उता समाचार आउँछ.. अमुख समुहको अग्रता .. एस्लाइ कसरी बुझ्ने ? उक्त मिडिया प्रायोजित होइनन भने के हुन त ?

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार ०८:०९