१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

२५ वर्षसम्म कांग्रेसले नबुझेको गाँजाको महत्व कसरी बुझ्यो नेकपाले ?


२२ माघ, काठमाडाैँ । अहिले गाँजालाई बैधानिकता दिनुपर्छ भनेर बहस भैरहेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं सांसद बिरोध खतिवडाको नेतृत्वमा संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेपछि यो विषयले बजार तातिएको छ । खतिवडालाई नेकपाकै प्रभावशाली नेताहरूले साथ दिएका छन । उनलाई धादिङमा गाँजा पदमार्गको विकास गर्नुपर्छ भनेर निरन्तर लागिरहेका भूमि त्रिपाठीको दह्रो साथ रहेको छ ।

यही विषय बहस बढ्दै जाँदा बुधबार बिहान नेपाली कांग्रेसका एक जना नेता ऋषिकेश जंग शाहले सामाजिक सञ्जाल मार्फत कांग्रेसको धारणा माग गरेका छन । उनले २५ वर्षअघि वरिष्ठ नेता रामचन्द्र पाैडेल सभामुख हुँदा नबुझेको गाँजाको महत्व अब कांग्रेसले कहिले बुझ्छ भन्ने प्रश्न समेत गरेका छन । साथै उनले कांग्रेस प्रवक्ता मार्फत पार्टीको धारणा समेत माग गरेका छन ।

उनले यस्तो लेखेका छन

हेल्लो कांग्रेस ,
बोलो कांग्रेस !!

२०५१ तिर नेपाली कांग्रेसका बरिस्ठ नेता रामचन्द्र पौडेल सभामुख हुनुहुँथ्यो ! तत्कालीन राजा बीरेन्द्रले सभामुखलाई बोलाएर सोध्नू भएछ !

“अमेरिकाको दबावले मैले सकिन /अहिले दलहरूको सरकार छ तीमीहरू आट गरछौ ? गाँजा माथीको प्रतिबन्ध हटाउनु पर्यो यसले देशलाई कायापलट गर्छ “

त्यतीबेला रामचन्द्र दाईहरूलाई ( कांग्रेसहरू )गाँजाको महत्व नै थाह थीएन रे !

त्यो घटना बीतेको आज २५ बर्ष भएछ ! यो २५ बर्षमा उहाँहरू ( कांग्रेसहरू ) ले गाँजाको महत्व बारे अध्ययन गरेर जानकारी लिनु भयो होला ? की २०५१ कै अबस्थामा हुनुहोला !

गाँजाको प्रतिबन्ध फुकुवा गरी देसको समृद्धिको लागी गाँजाको व्यावसायिक उत्पादन र बिक्रीबितरण गरीनु पर्छ भन्ने सार्वजनिक महत्वको प्रस्ताव सम्सदमा दर्ता भएको छ ! कांग्रेसका माननीय ज्यू हरूको धारणा के रहेछ त्यहा ? बाहिर पनि कोहि नेता र कार्यकर्ता बोल्नू हुन्न ! पार्टी सभापतिलाई विरोध गरेर आफनो ऊँचाई बढ़ाउन खोज्नु भएका शेखर कोईराला सुजाता कोईरालाहरूको धारणा के रहेछ ?

कांग्रेस प्रबकता ज्यू को धारणा पनि सामाजिक संजाल तिर हेर्न पाएको छैन यो बारे के रहेछ ?

के गाँजा बारे कांग्रेस अहिले पनि २०५१ का सभामुख आदरणीय रामचन्द्र दाई कै अबस्थामा छ ?

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार ११:२७