१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

एक सातामै स्तन ठूलो बनाउने ‘ब्रा’


२२ माघ, काठमाडौं संसारमा हरेकपल केही न केही नयाँ आविष्कार भई नै रहेका छन् । केही नयाँ, केही फरक । आश्चर्यजनक काम गर्नमा वैज्ञानिकहरु तल्लीन छन् ।

हालै अमेरिकाको लस एन्जलसमा वैज्ञानिकहरुले यस्तै आश्चर्यजनक आविष्कार गरेका छन् । जुन सुन्दा पनि अनौठो लाग्न सक्छ । यसै क्रममा वैज्ञानिकहरूले यस्तो आश्चर्यजनक र वाइब्रेटिङ ब्रा बनाएका छन् जो सात दिनमै महिलाहरूको स्तनको आकार बढाउन मद्त पुर्‍याउँछ । साना स्तन हुने महिलाले यसको प्रयोगबाट आफूले इच्छा राखेजति आफ्नो स्तनको आकार बढाउन सक्छन् । यसका लागि कुनै प्रकारको सर्जरीको भने आवश्यकता पर्दैन ।

यो एक सातामै महिलाको स्तन ठूलो बनाउने ‘ब्रा’ को प्राविधिक परीक्षण सकिएको छ । डेलीमेलका अनुसार सर्बियाका ३० वर्षीया मिलान मिलिखले ई ब्रा बनाएका हुन् । त्यस ‘ब्रा’लाई उनले दुई अमेरिकी महिलामा सफलताका साथ परीक्षण पनि गरिसकेका छन् ।

मिलानले यो ‘ब्रा’ सबभैन्दा पहिला आफ्नी गर्लफ्रेन्डका लागि बनाएका थिए । मिलानले आफ्नी गर्लफ्रेन्डको ठूला स्तन चाहन्थे । त्यही कारण उनले स्तन ठूलो बनाउने भाइब्रेटिङ ‘ब्रा’को आविस्कार गरेका हुन् ।

यो ‘ब्रा’ लगाउँदा महिलाको स्तन एक साताभित्र चिया खाने कपको आकार जति बढ्ने प्राविधिक परीक्षणले देखाएको छ । यो ‘ब्रा’ले दुबै स्तन बराबरी साइजमा बढ्ने गरेको समाचारमा उल्लेख छ । –एजेन्सी

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार ०७:५३