७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

पाँचौं विवाह त्यो पनि १२ दिनमै ‘डिभोर्स’ !


२१ माघ, काठमाडौं हलिउडकी चर्चित अभिनेत्री पामेला एन्डरसनले पाँचौं विवाह गरेकी थिइन् । यही जनवरी १९ मा निर्माता जोन पिटरसँग पाँचौं विवाह गरेकी एन्डरसनले यसलाई निरन्तरता दिन सकिनन् । विवाहको १२औं दिनमै एन्डरसन र पिटर अलग्गिएका छन् । अर्थात् पाँचौं विवाह त्यो पनि १२ दिनमै ‘डिभोर्स’ गरी टुंगिएको छ ।

यसअघि ४ विवाह पनि लत्याएकी एन्डरसर्नको यो पाँचौं विवाह पनि सुखद हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । ५२ वर्षीया एन्डरसनले पहिलो विवाह भने अमेरिकी संगीतकर्मी टोमी लीसँग गरेकी थिइन् ।

टोमीसँगको यात्रा ३ वर्षमै टुंगिएको थियो । त्यसपछि उनले किड रकसँग सम्बन्ध स्थापित गरिन् । यो पनि धेरै टिकेन । र पछि एन्डरसनले फिल्म निर्माता रिक सोलोमनसँग विवाह गरिन् ।

सोलोमनसँग पनि ‘डिभोर्स’ भएपछि एन्डर्सनले पिटरसँग विवाह गरेकी थिइन् । विडम्बना पिटरसँगको वैवाहिक सम्बन्ध १२औं दिनमै विश्राम लगाउँदै एन्डरसन अहिले सिंगल छिन् । अब पुन: कोसँग उनले वैवाहिक सम्बन्ध राख्लिन् यो त समयले नै बताउला । –एजेन्सी

प्रकाशित मिति : २१ माघ २०७६, मंगलवार ०७:४५