१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

काँग्रेस पराजयको एकमात्र कारण वाम गठबन्धनः कार्की


२६ वैशाख, सुनसरी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा काँंग्रेसले पराजय भोग्नुको मुख्य कारण वाम गठबन्धन भएको बताएका छन् ।

उनले मंगलबार सुनसरीको धरानमा नेपाली काँग्रेस क्षेत्र नम्बर १ ले धरानमा आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा राख्दै उक्त कुरा बताएका हन् । उनले दुई कम्युनिष्ट पार्टी एक भएर चुनाव लड्नु र काँग्रेस चाहिँ दुई पार्टीजस्तो भएर चुनावी मैदानमा जाँदा निर्वाचनको परिणाम यस्तो आएको दाबीसमेत गरे ।

पार्टीका प्रभावशाली नेता कार्कीले विगतलाई सम्झेर अब नेपाली काँग्रेसले प्रजातन्त्र र संविधानको पूर्ण पालनासहित कार्यान्वयनमा जोड दिँदै पार्टीको विगतलाई सच्याएर नयाँ र वैज्ञानिक ढंगले अघि बढ्न जरुरी रहेको कुरामा समेत जोड दिनुभयो । उनले नेपाली कांग्रेस अहिले पनि देशमा जनविश्वास प्राप्त पार्टी भएकाले आत्तिएर कमजोर अनुभूति नगर्न समेत कार्यकर्तालाई आग्रहसमेत गरे ।

प्रकाशित मिति : २६ बैशाख २०७५, बुधबार १०:४७