७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

जेठ ५ गते अनेरास्ववियुले नयाँ नेतृत्व पाउने, अध्यक्षमा ऐन महर सर्वसम्मत हुँदै


२६ वैशाख, काठमाडौँ । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले जेठ पहिलो हप्ता नयाँ नेतृत्व पाउने भएको छ । नेतृत्व परिवर्तनका लागि आगामी जेठको ४ र ५ गते अनेरास्ववियुको केन्द्रीय कमिटीको पूर्ण बैठक बोलाइएको छ ।

बैठकलाई सफल पार्न हिजो बसेको स्थायी कमिटीको बैठकले नेताहरुको कार्यविभाजन गरेको छ । कार्यविभाभजन अनुसार महासचिज ऐन महरलाई जनपरिचालनको जिम्मेवारी दिइएको छ । सुदिप शर्माले प्रचारप्रसारको जिम्मेवारी पाएका छन । त्यस्तै बैठकले केन्द्रीय सदस्यहरुको मनोनयन अध्यक्ष नविना लामाले इन्चार्जसँग समन्वय गरेर गर्ने निर्णय भएको छ ।

युवा संघमा जस्तै अनेरास्ववियुमा पनि केन्द्रीय कमिटीको बैठककै बीचमा अध्यक्ष नविना लामाको राजिनामा लिएर नयाँ नेतृत्व चयन गर्नेगरी तयारी गरिएको महासचिव ऐन महरले जानकारी दिए । उनले आगामी नेतृत्वको बारेमा सबै प्रष्ट नै भैसकेको भन्दै बैठकको सर्वसम्मतिले आफू अध्यक्ष हुने दाबी गरे ।

प्रकाशित मिति : २६ बैशाख २०७५, बुधबार ०९:३१