१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

आफ्नै निर्णयको घृणामा कांग्रेस, साना प्राेजेक्टमा सीधै भारतीय लागनी गराउने निर्णय देउवाकै


२५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता कार्यकर्ताले आफ्नै निर्णयलाई घृणा गर्न थालेका छन । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको तत्काली सरकारले भारतीयको भक्तिका लागि भारतीय दूतावासलाई ५ करोड रुपैयाँसम्मका साना परियोजनामा सिधै लगानी गर्न दिने निर्णय गरेको थियो ।

यद्यपी केही सातादेखि उक्त निर्णय ओली सरकारले गरेको भन्दै कांग्रेस नेतादेखि शुभेच्छुकसम्मले गोयवल्स शैलीमा प्रचार गर्दै बिरोध जनाइरहेका थिए । मंगलबार उक्त भ्रमलाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चिरेका छन । उनले भारतीय दूतावासलाई ५ करोड रुपैयाँसम्मका साना परियोजनामा सिधै लगानी गर्न दिने निर्णय शेरबहादुर देउवा नेतृत्वको सरकारकै पालामा भएको स्पष्ट पारेका छन । ज्ञवालीले २०७४ मंसिर १४ गतेको मन्त्रिरिषद बैठकले उक्त निर्णय गरेको बताएका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०७५, बुधबार ०८:१५