१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल पुगेका एक नेपालीको निधन


२६ वैशाख, लिस्बन । वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवाको निधन भएको छ ।

पोर्चुगलको राजधानी लिस्बनस्थित एक रेष्टुराँमा कार्यरत पोखरा रामबजारका २८ वर्षीय सुजत कार्कीको निधन भएको गैरआवासीय नेपाली संघ, पोर्चुगलका अध्यक्ष कुबेर कार्कीले जानकारी दिए ।

अध्यक्ष कार्कीका अनुसार अचेत अवस्थामा फेला परेका कार्कीको उपचारका लागि प्रहरीले अस्पताल लैजाँदै गर्दा निधन भएको हो । कार्कीलाई गत वैशाख १८ गतेका दिन प्रहरीले अचेत अवस्थामा सडकमा फेलापारेको थियो ।

उनी विगत तीन वर्षदेखि पोर्चुगल बस्दै आएका थिए । परिवार र आफन्तजनको सल्लाहबमोजिम उनको शव पोर्चुगलमै अन्त्येष्टी गरिने तयारी गरिएको अध्यक्ष कार्कीले बताए । कार्कीको शव परीक्षण रिपोर्ट भने प्राप्त नभएको जानकारी दिए ।

प्रकाशित मिति : २६ बैशाख २०७५, बुधबार ०८:१२