१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

एउटा फेसबुक स्टाटसले मिर्गाैला पीडितका लागि २० लाख उठ्यो, पुडासैनीको बाँच्ने रहर पूरा हुँदै


१७ माघ, काठमाडौँ । अनेरास्ववियू नुवाकोटका पूर्व अध्यक्ष केदार पुडासैनीको दुबै मिर्गौला फेल भएपछि उनको उपचारका लागि अनेरास्ववियू नुवाकोटकै पूर्व अध्यक्ष एवं नेकपाका युवा नेता अनुजकुमार श्रेष्ठले चलाएको सहयोग अभियानबाट २० लाख रूपैयाँ नगद संकलन भएको छ । श्रेष्ठले सुरू गरेको स्वस्फूर्त अभियानमा विभिन्न व्यक्ति र संस्थाले सहयोग गरेका हुन । उनले पुडासैनीसँगको सल्लाहपछि उनको मिर्गौला प्रत्यारोपण र औषधि सेवनका लागि सहयोगको अपिल गरेका थिए ।

झण्डै एक वर्षअघि सुरू गरेको अभियानमात्र सफल भएको छैन मिर्गौला पीडित पुडासैनीले यही फागुन पहिलो साता मिर्गौला प्रत्यारोपण गर्ने भएका छन । उनले प्रत्यारोपणका लागि आवश्यक पक्रिया पुरा गरिसकेको बताएका छन । त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्नेगरी प्रक्रिया पूरा गरेको पुडासैनीले बताएका छन । पुडासैनीलाइ उनकी श्रीमति सरस्वती न्यौपाने पुडासैनीले मिर्गौला दिने भएकी छिन ।

पुडासैनीका लागि हिमालयन बैक बट्टार शाखामा १५ लाख, हातैमा नगद २ लाख र नेपाल सरकार प्रधानमन्त्री कार्यालयकाे तर्फबाट रु ३ लाख गरी जम्मा २० लाख रकम उपलब्ध भएको सहयाेग अभियानका सुरूवातकर्ता श्रेष्ठले जानकारी दिए । उनले पहल आफूले लिए पनि सबैको सहयोगले अपेक्षा गरे अुनसार रकम संकलन भएको र पुडासैनीको मिर्गाैला प्रत्यारोपण हुन लागेको भन्दै खुशी व्यक्त गरे ।

अभियन्ता श्रेष्ठ ।

श्रेष्ठले आफूले अभियान पारदर्शीहोस भन्ने चाहेरै केदारजीको श्रीमति सरस्वती न्यौपाने पुडासैनीको नाममा हिमालय बैंकमा खाता खोल्न लगाएरमात्र रकम संकलन सुरू गरेको बताए । गत असारमा सहयोग अभियान सुरू गरिएको थियो । बेलकोटगढी नगरपालिका वडा नम्बर ८ स्थायी घर भएका पुडासैनी झण्डै डेढ दशकदेखि मिर्गौलाको समस्यासँग जुध्दै आएका छन ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार ०८:५८