१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

अब बामदेव गाैतम नेकपाको उपाध्यक्ष, यस्तो छ विधान संशोधन प्रस्ताव


१५ माघ, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विधान संशोधनका लागि केन्द्रीय कमिटीको बैठकमा महासचिव विष्णु पाैडेलले प्रस्ताव प्रस्तुत गरेका छन । बुधबारबाट सुरू भएको नेकपा केन्द्रीय कमिटीको बैठकमा महासचिव पाैडेलले विधान संशोधनको प्रस्ताव प्रस्तुत गरेका हुन । महासचिव पाैडेलले प्रस्तुत गरेको संशोधनमा धारा १८ (घ) १ को साविक व्यवस्थाको सट्टा दुइ अध्यक्ष, दुइ वरिष्ठ नेता, एक उपाध्यक्ष, एक प्रवक्ता र एक महासचिवसहित ४४१ सदस्यीय कमिटी भन्ने उल्लेख गर्ने प्रबधानको संशोधन प्रस्तुत गरेका छन ।

यो केन्द्रीय कमिटी बैठकबाट पारित भएपछि पूर्व तत्काली एमालेका पूर्व उपाध्यक्ष समेत रहेका सचिवालय सदस्य बामदेव गाैतमको उपाध्यक्ष हुने बाटो पनि खुल्नेछ । यसअघि गाैतम प्रस्तावित उपाध्यक्षमात्र रहेका थिए ।

यो पनि पढ्नुहोस्

-नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डको संयुक्त राजनीतिक प्रतिवेदनमा के छ ? (पढ्नुहोस् पूर्णपाठ)

-निर्वाचनपछिका दुई बर्षमा हामीले असाधारण उपलब्धी हासिल गरेका छौँः प्रधानमन्त्री ओली

-नेकपा केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक सुरू (फोटोफिचर)

संशाेधन अनुसार सबै तहका कमिटीले बढीमा १० प्रतिशत सदस्य मनोनयन गर्न पाउने भएका छन । सबै तहका कमिटीले एकता प्रक्रियालाई अघि बढाउन र योग्य, अनुभवी एवं क्रियाशील व्यक्तिलाई उपयुक्त जिम्मेवारी दिन आफ्नो कमिटीको कुल सदस्य संख्याको १० प्रतिशतमा नबढाइ सदस्यहरु मनोनयन गर्न सक्ने उल्लेख गरिएको छ । विधान संशाोधन प्रस्ताव तल पढ्न सक्नुहुन्छ । (यसअघि वरिष्ठ नेताको सम्बन्धमा गलत तथ्य प्रस्तुत भएकोमा सच्चयाइएको छ ।-सम्पादक)

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार २२:०८