७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

चर्को जनदबाबपछि गायिका आस्था राउत ४ हजार धरौटीमा रिहा


१४ माघ, काठमाडाैँ । गायिका आस्था राउत धराैटीमा रिहा भएकी छिन । उनी मंगलबार जिल्ला प्रशासन कार्यालय कामाठाडाैँमा चार हजार रूपैयाँ धराैटी बुझाएर रिहा भएकी हुन । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाइ  चार हजार धराैटीमा रिहा गर्न आदेश दिएका थिए ।

हिजोमात्रै राउतलाइ चारदिन थुनामा राख्न प्रहरीलाइ अनुमति दिएको थियो ।  सोमबार बिहान  प्रहरीसामु आत्मसमर्पण गरेकी राउतलाइ  जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौँ प्रहरीले म्याद थपका लागि प्रशासनमा अनुरोध गरेको छ। राउतमाथि त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरीमाथि दुर्व्यवहार गरेको आरोप छ । प्रहरी जवान रमिशा श्रेष्ठले आफूलाई दुर्व्यवहार गरेको आरोपमा  राउतविरुद्ध अभद्र व्यवहारको मुद्दा दायर गरेकी थिइन् ।

त्रिभुवन विमानस्थलमा माघको पहिलो साता राउत र प्रहरीबीच भनाभन भएको थियो । भनाभन भएपछि राउतले त्यसबारे असन्तुष्टि पोख्दै सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सार्वजनिक गरेकी थिइन् ।राउतले भिडियोमा आफूमाथि दुर्व्यवहार भएको दाबी गर्दै प्रहरीलाई गालीगलौच गरेकी थिइन् । अभद्र व्यवहारको मुद्दा दर्ता भएकाे राउतमाथि  प्रहरीलाई सोहीअनुसार आस्थालाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयले अनुमती दिएको छ ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलवार १६:०६