८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

अमेरिकाले भनिसक्यो, चीनले बोलिसक्यो अब हामीले एमसीसी पास गर्नुपर्छः सभापति देउवा


१४ माघ, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले एमसीसी पास गर्नुपर्ने बताएका छन । मंगलबार प्रतिनिधिसभाको बैठकमा नवनिर्वाचित सभामुखको सफल कार्यकालको शुभकामना दिँदै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले भने ‘अमेरिकाले भनिसक्यो । चीनले बोलिसक्यो हामीलाई आपत्ति छैन भनेर । कसले आपत्ति गरेको छ यहाँ ?’

उनले सदन सञ्चालनका लागि नवनिर्वाचित सभामुखलाइ आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए । देउवाले भने ‘मलाई विश्वास छ, सभामुख भइसकेपछि तपाईँ कुनै पार्टीको सभामुख होइन, सम्पूर्ण सभाको सभामुख हो । खासगरी प्रतिपक्षीलाई विश्वासमा लिएर अघि बढ्नुहोला । भोलिका दिनमा तपाईँको सफलताका लागि यिनी कुराहरुमा हाम्रो पार्टीले पूरा पूरा सहयोग गर्ने वचन दिन्छु ।’

प्रकाशित मिति : १४ माघ २०७६, मंगलवार १४:५०