१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

भैरहवामा ३ वटा ट्रक एकआपसमा ठाेक्किँदा ३ जनाकाे मृत्यु, ९ जना घाइते


१४ माघ, रुपन्देही । भैरहवामा तीन वटा ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको ज्यान गएको छ । भैरहवाबाट नवलपरासीतर्फ जाँदै गरेको ना २ ख ८४८१ नम्बरको ट्रक र भैरहवा आउँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक मंगलबार बिहान करिब साढे ५ बजे एकापसमा ठोक्किएका हुन्।

दुर्घटनामा नवलपरासीको पालिनन्द गाउँपालिका ४ का लालु कुर्मी र भविकन कुर्मी तथा सुनसरीको चतराका पूर्णबहादुर भुजेलको ज्यान गएको रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) खड्कबहादुर खत्रीले जानकारी दिनुभयो । दुर्घटनामा ९ जना घाइते भएका छन् ।

घाइतेमध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको रुपन्देही प्रहरीले जनाएको छ। घाइतेहरुको भैरहवा मेडिकल कलेज र भिम अस्पतालमा उपचार भइरहेको छ। बिहान बाक्लो कुहिरो लागेका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलवार ११:२५