१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

आस्था राउतलाई ४ दिन हिरासतमा राख्न अनुमति


१३ माघ, काठमाडौँ । गायिका आस्था राउतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ । सोमबार बिहान  प्रहरीसामु आत्मसमर्पण गरेकी राउतलाइ  जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौँ प्रहरीले म्याद थपका लागि प्रशासनमा अनुरोध गरेको छ। राउतमाथि त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरीमाथि दुर्व्यवहार गरेको आरोप छ ।प्रहरी जवान रमिशा श्रेष्ठले आफूलाई दुर्व्यवहार गरेको आरोपमा  राउतविरुद्ध अभद्र व्यवहारको मुद्दा दायर गरेकी थिइन् ।

त्रिभुवन विमानस्थलमा माघको पहिलो साता राउत र प्रहरीबीच भनाभन भएको थियो । भनाभन भएपछि राउतले त्यसबारे असन्तुष्टि पोख्दै सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सार्वजनिक गरेकी थिइन् ।राउतले भिडियोमा आफूमाथि दुर्व्यवहार भएको दाबी गर्दै प्रहरीलाई गालीगलौच गरेकी थिइन् । अभद्र व्यवहारको मुद्दा दर्ता भएकाे राउतमाथि  प्रहरीलाई सोहीअनुसार आस्थालाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयले अनुमती दिएको छ ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार १५:४७