७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

वैदेशिक रोजगारीबाट फर्किएको तीन महिनापछि आगो लगाइ श्रीमतिको हत्या


१२ माघ, लाहान । सिरहामा एक पुरूषले वैदेशिक रोजगारीबाट फर्किएको तीन महिनापछि श्रीमातिको हत्या गरेका छन । प्रहरीले श्रीमतिको हत्यामा संलग्न सिरहाको औरही गाउँपालिका–५ औरही नवटोल विनोद यादवलाई पक्राउ गरेको छ । उनले श्रीमतिसँगको सम्बन्धमा तनाव उत्पन्न भएपछि मट्टितेल छर्केर श्रीमतिलाई आगो लगाएको स्थानीयले बताएका छन ।

आगोमा जलेर घाइते विनोदको श्रीमति २७ वर्षीय अनिताकुमारी यादवको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको छ । गत शुक्रबार राति खाना पकाइरहेका बेला विनोदले अनिताको शरिरमा आगो गाएको आशका गरिएको छ । विनोदले भने अचानक शरीरमा आगो लागेर भएकी घाइते भएको बताएका थिए । अनिताको काठमाडौँको कीर्तिपुर मोडेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

अनिताको मृत्यु रहस्यमय रहेको भन्दै प्रहरीले अनिताका पतिलाई आइतबार नै पक्राउ गरेको छ । घटना शङ्कास्पद भएकाले अनिताका श्रीमान् विनोदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक विनोदकुमार घिमिरेले बताएका छन ।स्थानीयवासीले घटना भएको घरमा मट्टितेलको बोतल भेटिएकाले घटना शङ्कास्पद भएको बताएका छन् । वैदेशिक रोजगारीबाट करिब तीन महिनाअघि मात्र आएका विनोद र अनिताबीच पछिल्लो केही दिनदेखि सम्बन्ध राम्रो नरहेको स्थानीयवासीको भनाइ छ ।

प्रकाशित मिति : १२ माघ २०७६, आईतवार २१:३०