७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

ईपीएल खेल्न वेस्टइन्डिजका अलराउन्डर स्मिथ नेपाल आउँदै


१२ माघ, काठमाडौं । वेस्टइन्डिजका अलराउन्डर ड्वायन स्मिथले एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्न नेपाल आउने भएका छन् । उनले शरद भेषावकर कप्तान रहेको भैरहवा ग्लाडिएटर्सको प्रतिनिधित्व गर्दै ईपीएलमा सहभागिता जनाउनेछन् ।

उनले आफ्नो फेसबुक पेजमा यसै वर्ष नेपालमा हुने ईपीएल खेल्न आउन लागेको सार्वजनिक गरेका हुन् । साथै उनले ‘नेपाल भ्रमण २०२०’ हयास ट्याग पनि प्रयोग गरेका छन् ।

उनले बारबाडोसको प्रतिनिधित्व गरी वेस्टइन्डिजबाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै आएका छन् ।

ईपीएलको आगामी संस्करण चैतमा हुँदै छ । जसमा दक्षिण अफ्रिकी ब्याट्सम्यान हासिम अमला पनि खेल्दै छन् ।

प्रकाशित मिति : १२ माघ २०७६, आईतवार ०७:२२