१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

नेपालमा पनि भेटियो प्राणघातक कोरोना भाइरसको संक्रमण


१० माघ, काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि भएको छ । चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षणमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयलले शुक्रबार पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

चीनबाट फर्किएपछि बिरामी भइ शुक्रराज सरुवा रोग अस्पताल टेकु पुगेका उनको रगतको नमूना परीक्षणका लागि हङकङ पठाइएको थियो। कोरोना भाइरस संक्रमण भएका ती विरामी धनुषाका भएको जानकारी प्राप्त भएको छ। विश्व स्वास्थ्य संगठनको समन्वयमा हङकङ पठाइएको रगतको उक्त नमूना परीक्षणबाट नेपाली युवक कोरोना भाइरसबाट संक्रमित भएको भेटिएको हो।

कोरोनाको संक्रमण भएका विरामीलाई अहिले चिकित्सकको उच्च निगरानीमा राखेर उपचार गरिँदैछ। शुक्रवार पनि अन्य तीनजना शंकास्पद बिरामी टेकु अस्पताल पुगेका छन्। कोरोना भाइरसको संक्रमण रोक्न सरकारले चीनसहितका चार मुलुकबाट आउने पर्यटकलाई उच्च निगरानीमा राख्न थालिसकेको छ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार १८:२५