१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

चितवनमा असिनापानीले केराखेती सखाप,२० करोडको क्षति


२४ वैशाख, चितवन । पूर्वी चितवनको विभिन्न क्षेत्रमा हावाहुरी र असिनापानीका कारण २० करोडभन्दा बढीको केराखेती सखाप भएको छ ।

चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तका अनुसार आइतबार साँझ आएको हावाहुरी र असिनापानीका कारण अहिलेसम्मकै बढी केराखेती क्षति भएको छ । पदमपुर, चैनपुर र पिठ्वामा बढीजसो केराखेती नष्ट भएको छ ।

पन्तको १८ बिगाहामा लगाएको केराखेती पूरै नष्ट भएको छ । उनले क्षतिको विवरण संकलन भइरहेको बताएका छन् । कालिका– २ र ३ मा तथा भरतपुरको ठिमुरामा पनि केराखेती नष्ट भएको छ ।

नयाँ लगाएको बिरुवाबाहेक अरु फलेका केरा सबै ढलेर नष्ट भएको जानकारी दिए । यसअघि पनि पटक पटक केरा व्यवसायीले ठूलो क्षति व्यहोरेका थिए । अधिकांशले केराखेतीको बिमा नगर्दा ठूलो नोक्सानी भएको छ ।

चितवनमा केराखेतीमा ६०० भन्दा बढी किसान संलग्न छन् । उनीहरुमध्ये १६५ किसानले मात्रै बिमा गराएका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७५, सोमबार १५:१६